कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय ६९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय ६९ पुग्यो

corona dead

एजेन्सी, ४ फागुन । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६९ पुगेको छ । अहिलेसम्म चीनमा १ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जना रहेका छन् ।

त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ६९ हजार पुगेको छ । ९ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् । हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फ्रान्समा रहेका चिनियाँ नागरिक रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);