मोदीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोदीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज

एजेन्सी, २६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोश्रो डोज लगाएका छन् ।

मोदीले बिहीबार खोपको दोश्रो डोज लगाएको आफ्नो ट्विीटरमार्फत जानकारी गराएका छन् ।

पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोश्रो डोज खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।

कोरोनालाई हराउने कम तरिकाहरुमध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।

भारतमा अहिले कोरोना महामारीको दोश्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोश्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);