फरकफरक खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि भएको छैन : डब्लुएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फरकफरक खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि भएको छैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो र दोश्रो डोज फरकफरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।
डब्लुएचओ विज्ञप्ति जारी गर्दै पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको हो ।

पहिलो खोप कोभिसिल्ड लगाएकाले दोश्रो डोज भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति ध्यानाकर्षण गर्दै डब्लुएचआले त्यसतो कुनै किसीमको बयान जारी नगरेको र झुटो आरोप भएको स्पष्ट पारेको छ । यस्तो गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै डब्लुएचएले सचेत समेत गराएको छ ।

डब्लूएचओले फरक किसीमाका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भईरहेको र दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ ।

पहिलो डोज कोभिसिल्ड खोप लगाएकाले दोश्रो डोज भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका करिब साढे १४ लाख ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोश्रो डोज लगाउन पाएका छ्रैनन् । गएको फागुन तेस्रो साता नै पहिलो डोज लिएका उनीहरुलाई दोश्रो डोज लगाउने प्रभावकारी समय कटिसकेको छ ।

डब्लुएचओका अनुसार कोभिसिल्डको पहिलो डोज लगाउको ८ देखि १२सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);