भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्ध खोप | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्ध खोप

modi lockdown

एजेन्सी, १७ फागुन । सोमबार बिहानै मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिएको ट्विटरमार्फत जानकारी दिएका छन्। उनले भारतको एम्स अस्पतालबाट खोप लगाएका हुन् ।

उनले भारत मै उत्पादित कोभिडविरुद्धको खोप कोभ्याक्सीन लगाएका हुन् । आफुले खोप लगाएपछि उनले ट्विीटरमार्फत खोप लगाउन समर्थ सबैले खोप लगाएर भारतलाई कोरोनामुक्त बनाउन अपिल समेत गरेका छन्।

मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशा समेत गरेका छन्।

Leave a Reply