भूकम्प अपडेट : ३८ सय घरमा क्षति, सबैभन्दा धेरै जाजरकोट र पश्चिम रुकुममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भूकम्प अपडेट : ३८ सय घरमा क्षति, सबैभन्दा धेरै जाजरकोट र पश्चिम रुकुममा

काठमाडौं, २० कात्तिक । जाजरकोट भूकम्पबाट विभिन्न जिल्लामा झन्डै ३८ सय वटा घरमा क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको हो ।

भूकम्पबाट नौ सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नौ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै जाजरकोटमा नौ सय पाँच वटा घर पूर्णरूपमा भत्किएका छन् ।भूकम्पमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक सय ५७ जना पुगेको छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् । नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकाका १, कुशे गाउँपालिकाका ७ र बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर क्षति भएका छन् ।

२ हजार ६ सय ४२ घरमा आंशिक क्षति पुगेको छ । प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ । हालसम्म घाइते भएका ३ सय ९ मध्ये १ सय ८१ डिस्चार्ज भएका छन् । २७ गम्भीर बिरामीको काठमाडौं, सुर्खेत र नेपालगन्जमा उपचार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);