बझाङ भूकम्प : १ जनाको मृत्यु, ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बझाङ भूकम्प : १ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं, १७ असोज । बझाङमा मंगलबार गएको भूकम्पमा एक जनाले ज्यान गुमाएका छन् । जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।

त्यसैगरी बझाङमा भूकम्पमा परी ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जयपृथ्वी नगरपालिकाका सात वर्षीया सलिना जोशी,प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिकाकी सुनिता रोकाया, जयपृथ्वी नगरपालिकाका तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले दर्जनौं घर र विद्यालय भवनमा क्षति पुगाएको छ । मंगलबार दिउँसो दुई पटक गएको भूकम्पले बझाङका केही घर र विद्यालय भत्काएको हो । जिल्लाको बाल विकास मावि गोलाईको भवन भत्काएको छ । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन नपाएको विद्यालयले जनाएको छ । यसबाहेक जिल्लाका विभिन्न विद्यालयका भवनमा क्षति पुगाएको छ ।

यस्तै भूकम्पले सुख्खा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । भूकम्प मापन केन्द्रका अनुसार पहिलो पटक महसुस भएको भूकम्पको तीव्रता ५।३ र त्यसपछि ६।३ म्याग्निच्युड रहेको थियो । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाँउस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ । भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);