किन पक्राउ परे धर्मगुरु आचार्य श्रीनिवास ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

किन पक्राउ परे धर्मगुरु आचार्य श्रीनिवास ?

काठमाडौं,१७ असोज । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा ’धर्मगुरू’ भनिने आचार्य श्रीनिवास पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासलाई सुनसरीको बराहक्षेत्रबाट नियन्त्रणमा लिएको हो।

श्रीनिवासले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुको साथै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । हिन्दुको विरोध गर्ने र गौहत्या गर्नेलाई खुकुरीले काट्न र त्यसको सुरक्षाको जिम्मेवारी आफुले लिने पनि उद्घोष गरेका थिए । उनले हातमा खुकुरी बोकेर भनेका थिए, “गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।”

त्यस्तो अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);