आचार्य श्रीनिवासमाथि प्रहरीले कस्तो मुद्दा चलाउँदै छ ! | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

आचार्य श्रीनिवासमाथि प्रहरीले कस्तो मुद्दा चलाउँदै छ !

काठमाडौं, १२ मंसिर । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंको आन्दोलनमा पक्राउ परेका आचार्य श्रीनिवासलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अदालतको म्याद थपको तयारी भइरहेको स्रोतले जनाएको छ ।

उनी सोमबार त्रिशुलसहित सडकमा निस्किएका थिए । हिजो नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीनिवासले भने सडकमै सुतेर विरोध जनाएका थिए ।

सोमबार गौशालामा धार्मिक अभियन्तासहितको जुलुस निकालिएको थियो । उनीहरुमाथि प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोप लागेको छ ।

आज पनि प्रसाईंका स्वकियसचिव सहित १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ७ गते प्रदर्शनमा परेका ६ जना प्रहरी हिरासतमै छन् ।

Leave a Reply