पलका म्यानेजर जोशी तनहुँ प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पलका म्यानेजर जोशी तनहुँ प्रहरीको नियन्त्रणमा

तनहुँ । एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ  ।
पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले  पुष्टि गर्दै भने । 

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । 

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);