मोरङको उर्लाबारीमा आगलागीबाट मृत्यु हुनेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

मोरङको उर्लाबारीमा आगलागीबाट मृत्यु हुनेको संख्या बढ्दै

death body

काठमाडौं,१२ मंसिर । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा आगलागी हुँदा नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत थप एक जना ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो । धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए । उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका क्रममा ४ प्रहरीसहित २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);