सरकारले दिन थाल्यो निर्माण व्यवसायीलाई भुक्तानी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सरकारले दिन थाल्यो निर्माण व्यवसायीलाई भुक्तानी

काठमाडौं, १२ मंसिर । सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी दिन सुरु गरेको छ । सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ । निर्माण व्यवसायीले रकम भुक्तानी नभएसम्म काम नगर्ने अडानसहित काम रोकेर आन्दोलनमा उत्रिएपछि बाँकी रकम भुक्तानी गर्ने जनाएको थियो ।

सोही बमोजिम सरकारले रकमान्तर गरेर भुक्तानी प्रक्रियालाई निरन्तरता दिँदै आएको जनाएको छ । बाँकी भुक्तानी रकम सरकारले दसैँअघि नै उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अझै पुरै रकम उपलब्ध नगराएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार अझै ४ अर्ब रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह सरकारले बिल बनेकोमध्ये चार अर्ब रकम अझै भुक्तानी नदिएको बताउनुहुन्छ । विभिन्न कारणले बिल बन्न बाँकी रहेको ४० अर्ब रकमको भुक्तानी पनि अझै बाँकी रहेको उहाँको भनाइ छ । अध्यक्ष सिंहले गत आर्थिक वर्षकै काम गरेको बाँकी रकम भुक्तानी गर्न नसकेकाले चालु आर्थिक वर्षमा कसरी काम गर्ने भन्ने अन्योल सिर्जना भएको बताउनुभयो । अर्थ मन्त्रालयबाट रकमान्तर गरेर बाँकी भुक्तानी दिने भनिए पनि केही जटिलता आएका कारण पुरै भुक्तानी हुन नसकेको सरकारी अधिकारी बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);