सरकारले ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको निर्माण व्यवसायीकाे गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सरकारले ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको निर्माण व्यवसायीकाे गुनासो

काठमाडाैं । निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको बताएका हुन् ।

कतिपय आयोजनाको म्याद थप नगरिदिएको कारण परिपक्व भएको बिल भुक्तानीका लागि पेस गर्न नपाएको समेत उनीहरुको भनाई छ । महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षमा म्याद थप नभएका आयोजनामा मात्रै ६५ अर्ब रुपैयाँ बढी भुक्तानी लिन बाँकी रहेको बताए ।

उनले भने , त्यस बाहेक पनि भुक्तानीका लागि माग भएको अवस्थामा समेत भुक्तानी नभएको उललेख गरेका छन । समय अवधि पुरा भएका आयोजनाको म्याद थप नभएको अवस्थामा कानूनी रुपमा नै निर्माण कम्पनीले बिल पेस गर्न नपाउने हुँदा रकम निकाशाका लागि माग गर्न नसकेको उनले बताए ।

सरकारले आयोजनाको म्याद थप नगर्ने र भुक्तानी पनि नहुने स्थिति आएमा आफूहरु सडक आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष सिंहले बताएका छन । म्याद सकिएका कुनैपनि आयोजनाको तत्काल म्याद थप गर्न उनले माग गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);