जीवन बीमा गर्ने भन्दै ठगि गर्ने इन्सुरेन्स कम्पनीहरुको संख्या दिनानुदिन बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जीवन बीमा गर्ने भन्दै ठगि गर्ने इन्सुरेन्स कम्पनीहरुको संख्या दिनानुदिन बढ्दै

काठमाडाैं । जीवन बीमा गर्ने भन्दै ठगि गर्ने इन्सुरेन्स कम्पनीहरुको संख्या दिनानुदिन बढ्दो छ । जीवनबीमा गरिसकेपछी दाबी भुक्तानी नदिने इन्सुरेन्स कम्पनीहरुको तुलनामा रिलायबल नेपाल लाइफइन्सुरेन्स लिमिटेडले उपभोक्ताको रकम भुक्तानी गरेर रेकर्ड कायम गरेको छ । महेन्द्रनगर कञ्चनपुर की परुदेवी पन्तको ४ करोड रकम भुक्तानी गरेको हो ।

पछिल्लो समय जीवन बीमा गर्ने इन्सुरेन्स कम्पनीहरुको बिकास भैरहँदा उपभोक्ताहरुले दावी भुक्तानी नपाएको धेरै गुनासो रहेको छ । तर महेन्द्रनगरकी परुदेवी पन्तले भने अरुको जस्तो गुनासो गर्न पाइन् ।

श्रीमान हरी प्रसाद पन्तले जीवन बीमा गरेको ६ महिनापछि हृदयघातका कारण निधन भएपछि उनले गरेको जीवन बीमाको सबै भन्दा धेरै रकम रु ४ करोड रुपैयाँ रिलायबल नेपाल इन्सुरेन्स लिमिटेडले भुक्तानी गरिदिएको छ । पन्त परिवारले अहिले सम्म ६ लाख ५५ हजार रुपैयाँ रिलायबल नेपाल इन्सुरेन्स लिमिटेडमा बुझाएका थिए ।

उनको निधन भएपछि लिमिटेडले पन्त परिवारलाई बुधबार हस्तान्तरण गरेको हो । जीवनबीमा गर्नें उपभोक्ताहरुले मान्छेको मृत्यु भइसकेपछि दुनियाँ बाहना गरेर भुक्तानी रकम नदिने गरेको गुनासो सुनिरहेका बेला आफुहरुले भने रकम हस्तान्तरण गरेर बीमा गर्नेहरुमाथी बिश्वास बढाउन र अस्तित्व कायम राख्न सफल भएको रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत नारानबाबु लोहनीले बताएका छन ।

यस्तै, बिमा दाबी गर्नका लागी आफुहरुलाई अफ्ट्यारो समस्या नपरी आबश्यक कागजात तयार गरेर छोटो समयमै दाबी भुक्तानी पाएकोमा पन्त परिवारले खुसी ब्यक्त गरेका छन् । बीमा कम्पनीमा इन्सुरेन्स गरेपछि म्याद पुगिसक्दा पनि बाहानाबाजी गरेर ठगी गर्नेहरुको गुनासो गर्ने पिढितहरुको कयौ गुनासो आउने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);