अष्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र वितरण बन्द, शिक्षा मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अष्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र वितरण बन्द, शिक्षा मन्त्रालय

visa

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) बन्द गरेको छ । बुधवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै बैशाख ९ गते (भोलि) देखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र तत्कालका लागि बन्द गरेको हो ।

अर्को सूचना जारी नहुन्जेल सम्मको लागि यी पाँच देशमा स्वीकृतिपत्र बन्द गरीएको शिक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाएको छ ।

तत्कालको लागि बन्द गरिएका ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);