दुर्घटनामा घाइते युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मोरङ, १४ असोज । पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटना हुँदा उर्लाबारी–२ का १८ वर्षीय ग्यालजङ तामाङको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्प (१ ह ९७२५) दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

राति ९ः३० बजे भएको दुर्घटनामा परेर गम्भीर घाईते तामाङको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा ९ः५० बजे मृत्यु भएको हो ।

दुर्घटनामा ट्याम्पुमा सवार१८ वर्षीय सुशन ओझा, २१ वर्षीय सुजन ढकाल र २१ वर्षकै प्रशान्त अधिकारी घाइते भएकाले उनीहरुको अरनिको अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनापछि ट्याम्पु चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);