निष्प्रभावी बन्दै प्रसाईंको आन्दोलन, फेरि जिल्ला केन्द्रित आन्दोलनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निष्प्रभावी बन्दै प्रसाईंको आन्दोलन, फेरि जिल्ला केन्द्रित आन्दोलनको तयारी

काठमाडौं,१३ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान घोषणाको आह्वान गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको एजेन्डा अघि सारेर राजधानी केन्द्रित आन्दोलन शुरू गरेको एक साता बित्न नपाउँदै निष्प्रभावी भएको छ । पूर्वराजा र राप्रपाको समेत समर्थन रहेको भन्दै आन्दोलनमा उत्रिएका प्रसार्इंको आन्दोलन राजधानीबाट फेरि जिल्ला केन्द्रित हुने भएको छ ।

हालसम्म पूर्वराजा र राप्रपाको साथ पाउन नसकेका प्रसाईंले राजधानीबाट व्यवस्था परिवर्तन गर्न धावा बोल्दै हिँडेका थिए । तर, आन्दोलन शुरू भएको आज ६ दिनमै निष्प्रभावी भएको छ । तर, महाअभियानका संगठन विभाग प्रमुख हरि कार्कीले जारी आन्दोलनलाई निष्प्रवाही भन्न नमिल्ने बताउनुभयो । बरु उहाँले आन्दोलन थप सशक्त बन्दै गएको दाबी गर्नुभयो ।

राजधानीमा प्रसाईंका समर्थक नगन्य हँुदै गएपछि राजधानी केन्द्रित आन्दोलनलाई विकेन्द्रित गर्न शुरू गरेको छ । संगठन विभाग प्रमुख कार्कीले अब जिल्लाजिल्लामा आन्दोलन केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘शुक्रबार भक्तपुर र शनिबार ललितपुरमा सभा गर्नेछौं, त्यसपछि जिल्लातिर केन्द्रित गर्ने तयारी गरेका छौं ।’ आन्दोलनकारीहरू प्रसाईंको अभियानले परिवर्तन हुन नसक्ने भन्दै राजधानी छाडेका छन् ।

गएको बिहीबार बल्खुमा शक्ति प्रदर्शन गर्दा झडप भएपछि हच्किएका प्रसार्इं सोमबारको आन्दोलनमा आफ्ना स्वकीय सचिवसहित १५ जना समर्थक पक्राउ गरेपछि हच्चिएका छन् । बल्खु प्रदर्शनमा धक्का खाएका प्रसाईंले तीन दिन गर्ने भनिएको प्रदर्शनका लागि आएकाहरू अधिकांश घर फर्किएका छन् । प्रसाईंको अभियानमा सहभागी अधिकांश लघुवित्त, सहकारी र बैंकबाट ऋण लिएर नतिर्ने र केही व्यवस्था परिवर्तन गर्न भनी सहभागी भएका थिए । प्रसाईंको आन्दोलनलाई उपत्यकावासीले खासै समर्थन गरेका छैनन् ।

ऋण लिएपछि तिर्नुपर्ने मान्यतालाई नकार्दै प्रसाईंले विभिन्न व्यापारीलाई गालीगालौज गर्दै चर्को र उच्छृङ्खल भाषण गर्न थालेका छन् । सोमबार आचार्य श्रीनिवासले त्रिशूलसहित चर्को नारा लगाएर भाषण गरेपछि पक्राउ गरेको थियो ।

प्रसार्इं समर्थक प्रदर्शन कार्यक्रममा प्रहरीमाथि जाई लाग्ने १५ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा स्वकीय सचिव विनञ्जय थापा, धर्मगुरु श्रीनिवास आचार्य रहेका छन् । त्यस्तै भोजराज तिमल्सिना, नितेश बाँस्तोला, हरि बिशंखे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ओमबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का रहेका छन् । प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई रिहा गरेको छैन ।

सरकार र राजनीतिक दलमाथि कडा अभिव्यक्ति दिँदै चर्को भाषण गर्ने प्रसाईंको समर्थक घट्दै गएपछि आन्दोलनको रणनीति परिवर्तन भएको बताउन थालिएको छ । संगठन विभाग प्रमुख कार्कीले भन्नुभयो– ‘हामीले आन्दोलनको रणनीति परिवर्तन गरेका छांै सो विषयमा केही दिनपछि जानकारी गराऔंला । प्रसाईंले भीड बटुल्न राजतन्त्रको नारा लगाएको आरोप छ । तर, प्रसाईं समर्थकले व्यवस्था परिवर्तन गर्न आन्दोलन गरेको बताएका छन् । प्रसाईंले तराई र विभिन्न जिल्लाबाट ल्याएका जनतालाई गौशालाको धर्मशालालगायत आधा दर्जन पार्टी प्यालेसमा राखेका छन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रसाईंको आन्दोलनमा राप्रपाको समर्थन नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘व्यक्तिगत रूपमा कोही गएका होलान्, संस्थागत रूपमा समर्थन छैन । मंसिर ७ गतेको आन्दोलनमा राप्रपाका सांसद, पार्टी प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीको उपस्थिति रहेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक रूपमा बंैकको ऋण लिएपछि तिर्दिन भन्नेलाई समर्थन गर्न नसकिने बताइसक्नुभएको छ ।

न राजावादी न त राप्रपा, उपत्यकावासीको समेत खासै साथ नपाएपछि प्रसार्इंको आन्दोलन बेतुकको जस्तो देखिएको छ । प्रसाईंको समर्थनमा राजधानी आएकामध्ये अधिकांश फिर्ता भइसकेका छन् । शक्ति प्रदर्शनमा जनसमर्थन कम भएपछि तीन दिनअघि राजधानीमा सांस्कृतिक कार्यक्रम गर्दै विरोध गरेका थिए । सबैजसो विरोधको कार्यक्रममा जनसमर्थन घटेपछि प्रसार्इं रणनीति परिवर्तन गर्न बाध्य भएका हुन् । समाचारपत्र

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);