दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छः उपनेता तामाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छः उपनेता तामाङ

काठमाडौं, १६ मंसिर ||
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ । उहाँले व्यवसायी प्रसाईंले गर्नुभएको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सभागी भएको दाबीसमेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरुप आन्दोलनमा सहभागी भएको बताउनु भयो । उहाँले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गर्नुभएको कार्यक्रममा गइ सम्बोधन गर्नुभएको र राप्रपाले नैतिक समर्थन गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले व्यवसायी प्रसाईंले राख्नुभएका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको बताउनु भयो । नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताउनु भयो । उहाँले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताउनु भयो । उहाँले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);