जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्छौंः मन्त्री ज्वाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्छौंः मन्त्री ज्वाला

काठमाडौं, १६ मंसिर ||
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरुको भुक्तानी दिएमात्रै अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताउनु भयो । उहाँले अहिले पनि अर्थतन्त्र संकटमा रहेको बताउनु भयो । उहाँले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भनेपनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताउनु भयो । मन्त्री ज्वालाले लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);