सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकताः ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकताः ओली

काठमाडौं, १५ मंसिर ||
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । शुुक्रवार पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अमरस्ंिह थापा जस्ता योद्धाहरुले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);