भारतीय दुतावासले नेपालमा सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात होः सचेतक बर्तौला | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भारतीय दुतावासले नेपालमा सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात होः सचेतक बर्तौला

काठमाडौं,२५ पुस । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दुतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गर्नुभयो ।

उहाँले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताउनु भयो । उहाँले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताउनु भयो । उहाँले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरुले पाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युले केही कुरा त बताउनु भयो । तर भएको सम्झौता के हो ? सम्झौताको प्रति संसदले संसद नचलेको बेलामा यो विषयगत समिति र यो समिति अन्तर्राष्ट्रिय सन्धी र सम्झौतासँग हाम्रो क्षेत्राधिकारको विषय पनि हो । त्यो हामीले जानकारी पाउनुपर्छ । मान्य सभापतिज्युमार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, त्यो भएको सम्झौताहरु जस्ताको त्यस्तै त्यसको प्रति सदनलाई जानकारी गराइयोस्, सदन नभएको कारणले यो विषयगत समितिमा उपलब्ध गराइयोस् । भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरु पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ । कतिपय कमजोरी बीचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो, कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ ? यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

सचेतक बर्तौलाले भारतसँग भएको सम्झौताको दोष अरु सरकारलाई देखाएर पन्छिन नमिल्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);