छानविन आयोग गठन गर्न श्रीनिवासको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

छानविन आयोग गठन गर्न श्रीनिवासको माग

काठमाडौं, १२ असार । आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ परी रिहा भएका आचार्य श्रीनिवासले आफूमाथि झुटो आरोप लगाइएको दावी गरेका छन ।

आचार्य श्रीनिवासले आफूमाथि अन्याय गरिएको भन्दै छानवीनका लागि आयोग गठन गर्न समेत सरकारसँग माग गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न छानवीन समिति बनाउनुपर्ने तर्क गरेका छन् ।

गत चैत्र २५ गते विहान करिव २ बजेतिर शौच गर्न निस्किएको बेला श्रीनिवासमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । त्यसपछि श्रीनिवास आफैले गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि उनलाई पक्राउ गरेको थियो ।

श्रीनिवास गत शुक्रबार ५ हजार धरौटी बुझाएर रिहा भएका थिए । आचार्य श्रीनिवासले घटनाको दोषी खोज्न राज्यपक्ष असफल भएपछि आफूमाथि झुठा अभियोग लगाएर मुद्दा चलाउने कार्य भएको भन्दै आपत्ति जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);