महराले एमसीसी रोकेको भिम रावलको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महराले एमसीसी रोकेको भिम रावलको दाबी


काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पाटी नेकपाका स्थायी समिति सदस्य तथा नेता डा. भीम रावलले तत्कालिन सभामुख कृष्णबहाुदर महराले एमसीसी रोकेको खुलासा गर्नुभएको छ ।

एमसीसी खारेज अभियानमा आबद्ध करीब ३ सय अभियन्तासँगको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले अमेरिकीसँग लसपसी गर्ने केही ठूलाबडाहरुले दिएको चर्को दबाब र षड्यन्त्रका बाबजुद् संसदमा पास गर्ने काम तत्कालिन सभामुख कृष्णबहादुर महराको अडानका कारण अहिलेसम्म रोकिएको बताउनुभएको हो ।

महराका अनुसार ‘आइपीएस’ अमेरिकी सैन्य रणनीति अन्तर्गतको हिन्द प्रशान्त रणनीति होइन भन्ने कुरा अमेरिकी सरकारले प्रष्ट नभने सम्म यसबारेमा अरु कुरामा अघि बढ्नै नहुने स्पष्ट पार्नुभएको छ ।

संसदमा विशेष समय लिएर सम्झौतामा भएका राष्ट्रघाती बुँदा खारेज गर्नुपर्ने कुरा आफूले उठाएको, प्रत्येक दफामाथि सुष्म निगरानी राखेर व्याख्यासहित प्रतिवेदन पार्टीलाई बुझाएको र पछिल्लो कार्यदलको प्रतिवेदनमा सो कुरा ‘बोल्न भनिएपछि’ राष्ट्रिय हितमा परिमार्जन र संशोधन गरी अनुमोदन गर्न सकिने कुरा उल्लेख भएको बताउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);