मदन भण्डारीले अघि सारेका विचार सान्दर्भिक : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मदन भण्डारीले अघि सारेका विचार सान्दर्भिक : प्रम ओली

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सरकारले सही बाटो समाएको बताएका छन् । आज खरिपाटीमा मदन भण्डारी शिक्षालयको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका बिचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाई आत्मसात गरेर अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले जननेता भण्डारीले नेपालमा छुट्टै प्रकारको सामाजिक आन्दोलन स्थापित गरेको बताएका छन् । मदन भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु-याउनुभयो, प्रधानमन्त्रीले भने ‘यसले स्वतन्त्रता, समानता र सामाजिक न्याय स्थापित गर्ने कुरामा ठुलो सहयोग गरेको छ ।’

भक्तपुरको खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा सुरु भएको नेपालमा माक्र्सवाद सृजनात्मक प्रयोग बिषयमा सुरु भएको कार्यशालमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फिलिपिन्स, पूर्वी टिमोर, थाइलेण्ड, बंगालादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागीहरुलाई तीन हप्ताको प्रशिक्षण दिइने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);