मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको प्रमाणित भए कारवाही हुन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको प्रमाणित भए कारवाही हुन्छ : सञ्चारमन्त्री

काठमाडौं, ५ पुस । सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अख्तियारीको दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधि तथा सञ्चारमन्त्री बास्कोटाले कुनै पनि मन्त्रीले अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए सरकारले त्यसमा सम्झौता नगर्ने बताएका हुन् ।

सरकारका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको समाचार एक राष्ट्रिय दैनिकमा प्रकाशन भएपछि मन्त्री बास्कोटाले दोहोरो सुविधा लिएको र अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए कारवाही गरिने बताए ।

उनले भने “दुरुपयोग प्रति सरकारको सम्झौता हुन सक्दैन । तथ्य, प्रमाण, व्यवहार, कानुन सम्वत ढंगले उठाएको कुरामा कतिपय यस्ता कुराहरु  रहेछन् भने तिनलाई हामी छलफल गरेर तत्काल सम्बोधन गर्छौ । ”

उनले महंगी लगायत सरकारले उपलब्ध गराउने भत्ताको विषयमा पनि सम्बन्धित निकायबाट आधिकारीक जानकारी लिन उनले पत्रकारहरुलाई आग्रह गरे । उनले मन्त्रीहरुले पाउने सुविधाको सम्बन्धमा केही बैकल्पिक व्यवस्था पनि हुन सक्ने भएकाले त्यसलाई सोही अनुसार बुझ्न आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा अर्थमन्त्री युवराज खतिवडा बाहेक २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन उपलब्ध गराईएको समाचार प्रकाशन भएपछि दोहोरो सुविधा लिएर मन्त्रीहरुले राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);