मन्त्रिपरिषद बैठकको सूचना दिन नयाँ शैली निर्माण हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विक्रम श्रेष्ठ

काठमाडौं, २६ कात्तिक । आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले गुपचुपमै राखेको छ । यसअघि हरेक बैठकका निर्णयहरु पत्रकारमाझ सार्वजनिक गर्ने गरिएकोमा सोमबारको बैठकका निर्णयहरु लुकाइएपछि सरकारको आलोचना भएको छ ।

आइतबार राती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकको निर्णय पर्खदै संचारकर्मीहरु बालुवाटारमै थिए । बैठक सकिएपछि सरकारका प्रवक्ता एव सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा बाहिरिए ।

मन्त्रिपरिषद बैठकको निर्णय बताइदिन पत्रकारहरुले आग्रह गरे । तर सञ्चार मन्त्री बास्कोटाले पत्रकारहरुलाई अनपेक्षित जवाफ दिए ।

यस अघि बैठकका अधिकांश मुल निर्णयहरु सार्वजनिक गरिन्थ्यो । तर आइतबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु तपाईहरुले विस्तारै थाहा पाउनुहुन्छ भन्दै मन्त्री बास्कोटाले कुनै निर्णय सार्वजनिक गरेनन् । मन्त्री बास्कोटाले अलिपर पुगेपछि फर्केर भने, ‘सुचना दिने नयाँ शैली निर्माण हुँदैछ । त्यसपछि थाहा पाउनुहुन्छ ।’

मन्त्रिपरिषदको निर्णय प्रधानमनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा राख्ने गरिएको छ । तर सोमबार अपरान्हसम्म आइतबारको मन्त्रिपरिषद बैठकबारे केही उल्लेख गरिएको छैन ।

सञ्चारमन्त्री बास्कोटाको अनपेक्षित जवाफले सरकारले आफ्नो निर्णय किन गुपचुपमै राख्यो भन्ने प्रश्न उब्जाएको छ । यसअघिका मन्त्रिपरिषद बैठकबाट भएका कतिपय निर्णयहरु परिपक्व नभएपछि आलोचित बन्नुपरेको थियो । आइतबारको बैठकले निलाम्बर आचार्यलाई भारतका लागि नेपालको राजदुत तोक्ने निर्णय गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);