यस्ता छन् मन्त्रीपरिषदले गरेका १६ निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यस्ता छन् मन्त्रीपरिषदले गरेका १६ निर्णय

काठमाडौं, १ फागुन । सरकारले फागुन माघ २७ र २८ गतेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।

बिहीवार संचार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीपरिषदले गरेका १६ वटा निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषदले नेपाल स्वास्थ अनुसन्धान परिषदको सदस्य सचिव पदमा डाक्टर प्रदिप ज्ञवालीलाई ४ वर्ष पदावधि कायम हुने गरी तोक्ने र २०७३ फागुन १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार डाक्टर अन्जनी कुमार झालाई दिइएको कार्यकारी अधिकार फिर्ता गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सिजि टेलिकमका विषयमा छानबिन हुने बताउनुभयो । उहाँले सिजीले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पु-याए नपु-याएको विषयमा छानबिन गर्नुपर्ने बताउनुभयो ।

सरकारले आपतकालिन अवस्थामा सञ्चार सहजता होस् भनेर विश्वबैंकसँग ऋण लिएको प्रशंग उल्लेख गर्दै पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पु-याउन सिजि टेलिकम तत्कालिन एसटीएमलाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने बताउनुभयो ।

बास्कोटाले सिजिसँग २० अर्ब मागेको भनेर झुठो हल्ला फैलाइएको समेत उल्लेख गर्नुभयो । उहाँले सबै क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै इमानदार लगानीकर्ताको आवश्यकता रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);