ओली सरकार धापमा फसेको हात्ती जस्तो भयो : डा. प्रकाश चन्द्र लोहनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ओली सरकार धापमा फसेको हात्ती जस्तो भयो : डा. प्रकाश चन्द्र लोहनी

kharo

काठमाडौं, २६ कात्तिक । तीन वटा राजनितिक दलहरु अहिले तिव्र रुपमा भेटघाटमा छन् । खासगरी हिजोको पुर्वपञ्च भनेर पनि यस राजनितिक दलहरुलाई चिनिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी वि.स. २०४६ सालको परिवर्तन पछि जन्मिएको पार्टी त्यसपछि विभिन्न दलहरुको विभिन्न दलहरु भङ्गालोमा राप्रपा-राप्रपा हुदै हुदै विभिन्न मतहरु राख्दै आएको छ ।

तीन वटा पार्टीको रुपमा विभक्त छन् । अब ती पार्टीहरु एक हुने भनेर छलफलको क्रममा रहेको छ ।एक चरणको छलफल भएको, संवाद भएको र बाहिर आएको सुचनालाई ध्यान दिने हो भने अब राप्रपा एक हुनु पर्छ यस्तो राजनितिक दलपार्टी एक हुन नसके असर हुन सक्छ भन्ने कुराले काम गर्न थालेको प्राप्त जानकारी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी यसमा विभिन्न नेताहरुले विभिन्न ठाउबाट नेतृत्व गरिरहेका छन् । पार्टी अलग अलग ढङ्बाट चलाईएको र अहिले पार्टी एकताका लागि संवादमा रहेको के कारणले ? यसको आवश्यकता किन महशुस भयो ? सरकार नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरीरहेको छ, यस पार्टीले सरकार नेतृत्व गर्दा कस्तो खालको प्रभाव पार्न सकेको छ ? यिनै विषयवस्तुमा थप चर्चा गर्नका लागि माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले राप्रपा वरिष्ठ नेता  डा. प्रकाशचन्द्र लोहनी संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);