राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाको सहभागिता हुनु गम्भीर भूल –

 

काठमाडौं, ४ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हेटौडामा आज सम्पन्न भएको पार्टी केन्द्रीय कार्य समितिको बैठकले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 

यहि भाद्र १ गतेदेखि हेटौंडामा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । पशुपति शमशेर राणाले पार्टी फुटाएपछि हेटौडामा राप्रपाको बैठक बसेको थियो ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाको सहभागिता हुनु गम्भीर भूल भएको बैठकको ठहर गरेको छ । आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको प्रचण्ड सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्युत्पादक हुन पुग्यो आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै पढ्नुहोस् :

 

प्रेस विज्ञप्ति
यहि भाद्र १ गतेदेखि हेटौंडामा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकले देहाय बमोजिमको निर्णयहरु गरेको छ

 

१. राजनीतिक प्रस्ताव 

बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समग्र अर्थतन्त्रमा देखा परेको ह्रास र नकारात्मक प्र्रवृतिप्रति चिन्ता प्रकट गरेको छ ।

 

सत्तारुढ दलहरुको अकर्मण्यता, गलत नीति र सत्ता लिप्साको कारण तराईमा सानै र सुक्ष्म रुपमा भएपनि विखण्डनकारी तत्व क्रियाशील भैरहेको हुँदा यस बारे गम्भिर हुन र अविलम्ब त्यस्तो अतिवादी कार्य नियन्त्रण गर्न सरकार एवं सम्वद्ध सवैमा राप्रपा आग्रह गर्दछ ।

 

बैठकले हालै सम्पन्न स्थानीय तहको दुई चरणको निर्वाचनहरुमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको प्रति गम्भिर चिन्ता प्रकट गर्दै विगतका त्रुटि र कमजोरीहरुलाई सच्याएर आगामी दिनहरुमा सशक्त ढंगबाट अघि बढ्ने अठोट गरेको छ ।

 

सरकारमा पार्टीको सहभागिता, संविधान संशोधन बारे पार्टीको धारणा एवं पार्टीको विचार र सिद्धान्त बारे समेत पार्टी कार्यकर्ता तथा आमजनतामा समेत पर्न गएको नकारात्मक प्रभाव र भ्रम बारे बैठकले समिक्षा गरेको छ ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाको सहभागिता गम्भिर भुल भएको बैठकको ठहर गरेको छ । आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्युत्पादक हुन पुग्यो ।

 

प्रधानन्यायाधिश विरुद्धको महाभियोग प्रस्तावको कारण नैतिकताको आधारमा सरकारबाट अलग भएको बारे आम जनतालाई ठिक ढंगबाट बुझाउन सकिएन । स्थानीय निर्वाचनको पुर्वसन्ध्यामा सरकारबाट फिर्ता हुँदा चुनावलाई समेत नकारात्मक प्रभाव पुग्न गयो ।

 

आन्दोलनरत मधेश केन्द्रित राजनीतिक दलहरुलाई संवैधानिक राजनीतिको मुलधारमा समाहित गर्न तथा उदार राजनीतिक शक्तिहरुलाई चुनावमा भाग लिने वातावरण तयार गरि अतिवादी तत्वहरुलाई अलग गर्नु पर्दछ भन्ने पार्टीले अख्तियार गरेको नीति सहि रहेको छ । भविष्यमा पनि यो नीतिलाई निरन्तरता दिनुका साथै मधेशका जनताको हक, हित र पहिचानको संरक्षण तथा मधेशको समग्र आर्थिक विकासलाई पार्टीले उच्च प्राथमिकता दिनेछ ।

 

विगतमा आफ्नो सिद्धान्त र विचार स्थापनालाई पार्टीले प्राथमिकता नदिएको तथा सत्तामुखि भएर वैचारिक पक्ष ओझेलमा परेको गुनोसोलाई दृष्टिगत गर्दै आगामी दिनमा पार्टीको वैचारिक आधारस्तम्भको रुपमा रहेको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था, आर्थिक उदारवाद एवं सुदृढ स्थानीय स्वायत्त शासनप्रणालीको सिद्धान्तलाई राप्रपाले सशक्त र प्रभावकारी ढंगबाट अघि बढाउने छ ।

 

उदार एवं खुला बजारमुखी अर्थतन्त्रको धरातलमा सम्वृद्ध नेपाल निर्माण तथा भ्रष्टाचारमुक्त प्रशासन राप्रपाको मुख्य एजेण्डा र प्राथमिकता रहने छ । संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै आफ्नो मान्यता स्थापित गर्ने नीतिलाई पार्टीले निरन्तरता दिनेछ

 

२. संविधान संशोधन बारे

 

मधेशका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेशको समग्र विकासमा राप्रपा सदैव प्रतिवद्ध छ । साथै, मधेश केन्द्रीत राजनीतिक दलहरुलाई संविधानको मूल प्रवाहमा समावेश गराउन तथा निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न समेत राप्रपा सदैव सकारात्मक छ र भविष्यमा पनि रहने छ ।

 

संसदमा हाल विचाराधिन संविधान संशोधन विधेयकले मधेश र मधेशी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेश केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिवद्धता व्यक्त गरि सकेको, विधेयक पारित गराउने बारे स्वयं सत्तारुढ दल, सरकार र राजपा समेत गम्भिर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश गरिएको हिन्दुराष्ट्र पुनस्र्थापना सम्बन्धि संविधान संशोधन विधेयक छलफलमा नल्याईएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशिल रहेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

३) भावि कार्यक्रम

१. पांच क्षेत्रमा पार्टीको स्थानिय तहका अध्यक्षहरुको सम्मेलन

(क) पुर्वांचल, झापा -भाद्र १५र १६ गते
(ख) मध्यमांचल, भक्तपुर-भाद्र १८ र १९ गते
(ग) पश्चीमांचल, पोखरा-भाद्र २१ र २२ गते
(घ) मध्यपश्चमिांचल, नेपालगंज-भाद्र २३ र २४ गते
(ङ) सुदूरपश्चीमांचल, कंचनपुर -भाद्र २५ र २६ गते

२. पांच क्षेत्रमा सनातन धर्मसभा
(क) पुर्वांचल, मोरङ -असोज २
(ख) मध्यमांचल, चितवन-भाद्र ३१
(ग) पश्चीमांचल, बुटवल-भाद्र ३०
(घ) मध्यपश्चमिांचल, दाङ-भाद्र २९
(ङ) सुदूरपश्चीमांचल, कैलाली -भाद्र २७

 

३. राष्ट्रिय स्वाभिमान यात्रा असोज २३ देखि ३१ सम्म
४. हरेक वडामा राप्रपा हरेक क्षेत्रमा राप्रपा भाद्र/असोजरकार्तिक
५. प्रशिक्षण कार्यक्रम भाद्र/असोज/कार्तिक
६. भातृ संगठनहरुको अधिवेशन भाद्र/असोज/कार्तिक

४) बाढि, पहिरो र डुबान वारे
क) हालै देशको विभिन्न भागहरुमा आएको बाढि, पहिरो र डुबानमा परेर धेरै ठूलो जन धनको क्षति भएको प्रति राप्रपा गहिरो दुःख प्रकट गर्दछ । यस प्राकृतिक प्रकोपबाट पिडित जनताको उद्धार कार्यमा स्वस्फुर्त रुपमा जुटन पार्टीका सबैतहका निकाय र कार्यकर्ताहरुलाई पहिले नै निर्देशन दिई सकिएको छ । अब राहत र पुनस्र्थापनाको कार्यमा समेत उत्साहका साथ सहभागि हुन यो बैठक आह्वान गर्दछ ।

 

ख) बाढी, पहिरो र डुबानमा परेका पिडितहरुको सहायतार्थ राप्रपाले प्रधानमन्त्रि राहत कोषमा ५ (पांच) लाख सहयोग गर्नेछ ।

 

ग) बाढी, पहिरो र डुबानमा परेर निधन भएका मृतकका परिवारलाई जनही ५ ( पांच ) लाख आर्थिक सहयोग उपलब्ध गराउन, घाईतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न तथा बिस्थापित परिवारलाई भुकम्प पिडितहरुलाई दिइएको सहयोग सरह घर बनाउन ३ ( तीन ) लाख र थप सहुलियत ऋण प्रदान गर्न समेत राप्रपा सरकारसंग माग गर्दछ ।

 

घ) भारतीय क्षेत्रमा बनाईको तटबन्धको कारण प्रत्येक बर्ष सिमाक्षेत्रका धेरै गांउ बस्तिहरु डुबानमा पर्ने दुःखद अवस्थाको अन्त्य गर्न विगतमा समेत धेरै पटक सहमति, सम्झौता र आश्वासन भारत सरकारबाट प्राप्त भएका छन् । तर, अहिले सम्म त्यसतर्फ ठोस काम हुन नसकेको कटु सत्यलाइृ दृष्टिगत गर्दै सम्माननिय प्रधानमन्त्रीको आगामि भारत भ्रमणको क्रममा यस बिषयलाई उच्च प्राथमिकतामा राख्न समेत राप्रपा आग्रह गर्दछ ।

५) बैठकले सनातन धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन एवं हिन्दुराष्ट्रको पुनस्र्थापना अभियानलाई सशक्त तुल्याउन पार्टीको भातृ संगठनको रुपमा “सनातन धर्म संस्कृति परिषद” गठन गरेको छ । परिषदको संयोजकको रुपमा पुष्पराज पुरुष रहनु भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);