गगन थापाद्वारा दोषीलाई कारवाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौँ, ४ भदौ। नेपाली कांग्रेसका नेता गगन थापाले बुढानीलकण्ठ घटनाले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठेको भएको भन्दै दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।

 

आइतबारको व्यवस्थापिका संसदको बैठकमा नेता थापाले तोकिएको समय सकिएपछि पनि दलको नेताको घरमा गएर फोटो सहितको मतदाता नामावली संकलन गर्नु घृणित काम भएको भन्दै दोषीलाई कारवाही गर्न माग गर्नुभयो । बुढानीलकण्ठ घटनाले निर्वाचनको पवित्रतामाथि नै प्रश्न उठेको उहाँको भनाइ थियो । सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै उहाँले दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

 

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएपछि राती अवेरसम्म एमाले नेताको घरमा फोटो सहितको मतदाता नामावली तयार पारिरहेको बेला स्थानीयले निर्वाचन कार्यालयका कर्मचारीलाई नामावली संकलन गर्ने उपकरणसहित नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका थिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);