दोहोरो सुबिधा नलिएको मन्त्रीहरुको दाबी, संचारमाध्यमले अनर्गल प्रचार गरेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

दोहोरो सुबिधा नलिएको मन्त्रीहरुको दाबी, संचारमाध्यमले अनर्गल प्रचार गरेको गुनासो

dohoro subidha

काठमाडौं, ५ पुस । सरकारका मन्त्रीहरुले आफुहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको आलोचना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट्रचारबिरुद्ध सून्य शहनशीलताका नीति अपनाएको भनेपनि मन्त्रीहरुले इन्धन लगायतमा सरकारबाट दोहोरो सुबिधा लिएको समाचार बाहिर आएपछि केही मन्त्रीहरुले संचारमाध्यमहरुले अनर्गल प्रचार गरेका गुनासो गरेका छन ।

इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् ।

उनीहरुले मन्त्रीका लागि दिईने सुविधा अनुसार सरकारको नियम भित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजी नगर्न आग्रह गरे ।

धुमबराहीमा विहिबार बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आफुले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे ।

बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफुले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौति दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शुन्य सहनशिलताको कुरा गर्ने र उनकै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएर राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);