नेकपाको स्थायी कमिटी बैठकमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाको स्थायी कमिटी बैठकमा कसले के भने ?

nekapa isthai comittee

काठमाडौं, ५ पौष । नेकपाको स्थायी कमिटी बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा विहिबार बसेको नेकपाको स्थानीय समिति बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो ।

४ नम्बर प्रदेशका मुख्य मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति , संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताए ।

त्यस्तै स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागीतालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको जानकारी दिए । उनले सरकारको विकल्प नभएको दाबी गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे ।

बिहिबार पनि नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिबेदनका बारेका आ-आफना धारणा राखेका थिए । स्थायी कमिटी बैठक शुक्रवार बिहान पुन बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);