काठमाडौंबाट ७७ जना पाकेटमार पक्राउ, पाकेटमार भन्छन् - काम नपाएर चोरीमा लागे (भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौंबाट ७७ जना पाकेटमार पक्राउ, पाकेटमार भन्छन् – काम नपाएर चोरीमा लागे (भिडियोसहित )

अप्सरा गौतम

काठमाडौं, ५ पौष ।  काठमाडौंमा संचालीत सार्वजनीक सवारी साधनमा पाकेटमारी तथा चोरी बढेको गुनासो बढेपछि प्रहरीले गरेको अपरेसनमा ७७ जना पाकेटमार पक्राउ परेका छन । प्रहरीको यो कदमलाई सर्वसाधारणले राम्रो काम भनेर प्रशंशा गरेका छन । प्रहरीले यो कामलाई अझ प्राथमिकता दिएर लाग्नुपर्ने सर्बसाधारणको भनाई छ ।

काठमाडौ उपत्यकामा चल्ने सवारीसाधनमा पछिल्लो समय श्रृखलाबद्ध चोरी तथा पाकेटमारीका घटना बढदै गएको छ । सवारीसाधनमा चोरी तथा पाकेटमारीका घटना बढेको जनगुनासो आएपछि प्रहरीले गत मंसिर १५ गते बाट पाकेटमार बिरुद्ध शूरु गरेको अभियानमा ७७ जना पाकेटमार पक्राउ परेका छन ।

शेरबहादुर गिरी, गाँउबाट आफ्ना नातीको उपचारका लागी केहि समयदेखि काठमाडौंमा छन् । गोगंवुमा वसेका उनि नातीका उपचार गर्नका लागी गोगंवु बाट अन्तराष्ट्रिय बालमैत्री अस्पताल पुग्दा आफु लुटिएको थाहा पाए । नातीका उपचारका लागी भनेर बोकेको पैसा लगायत एटिएम लुटिएपछि उनी निरास हुदै हारगुहार गर्दै प्रहरी समक्ष पुगे ।

यस्ता धेरै पात्र छन जो सार्वजनिक सवारी साधनमा लुटिएका छन् । जुन घटना बाहिर आउन सकेका छैनन । पाकेटमारहरुले सार्वजनिक सवारी साधनमा समूह बनाएर कोड भाषा प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

पाकेटमार विभिन्न रुटमा २-२ जनाका दरले ६ जना सम्मको समुह बनाई बस भित्र छिर्ने, रकम बोकेको यात्रु पत्ता लगाउने,ठेलमठेल गरेर अगाडी पछाडी गरी मिठो बोली बोलेर घेरा बन्दी पार्नै, र त्यहि बेला मोबाईल, पैसा, सुनचादी लगायतका सामान चोर्ने र पाकेट मार्ने गरेर भाग्ने प्रबृत्ति देखिएको छ ।

पछिल्लो समय सार्वजनिक यातायातमा बढदै गएको चोरी तथा पाकेटमारका कारण सर्वसाधारण भने त्रसित देखिएका छन् । सरकारले सार्बजनिक यातायातमा सुरक्षा नदिएको तथा कानुन फितलो भएका कारण पनी दिनप्रतिदिन सार्वजनिक यातायात लगायत घर पसलहरुमा चोरीका घटना बढदै गएको उनीहरुको ठम्याई छ ।

प्रहरीले चोरीमा संलग्न ७७ जना पाकेटमारलाई पक्राउ गरेर सकारात्मक काम गरेको छ उनीहरुलाई दिने सजाय कम भएका कारण चोरी तथा पाकेटमार्ने काममा फर्किने गरेको कतिपयको भनाई छ । चोरी र पाकेटमारमा संलग्नलाई पुन त्यही पेशामा संलग्न हुन नसक्ने गरी कानून निर्माण गर्नु पर्ने सर्बसाधारण बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);