सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सांसदले आफन्तलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति

kp-oli

काठमाडौं, २३ पुस । संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मन्त्री र सांसदको स्वेच्छाचारी कामबारे प्रधानमन्त्रीको कुनै गुनासो छैन, समाचार आएकोमा भने आपत्ति छ ।

त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाई छ ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरुले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबीसमेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);