ओलीको बोलीले हंगामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओलीको बोलीले हंगामा

oli-samsad-mero sarkar

काठमाडौं, २५ बैशाख । ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो ।

संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसदको माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो ।

त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्यो न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);