हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भएको छ : घनश्याम भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भएको छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुविरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि आफूहरुविरुद्ध अनर्गल प्रचार भएको नेता भुसालले बताएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा आफूहरुले गरेको कार्यलाई अनर्गल प्रचार गरिँदै आएको भन्दै लेखेका छन्– ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सुकुलगुण्डाहरु भएको बताउँदै अहिले एमालेको राजनीतिलाई विकृत बनाउन पनि त्यस्तै समूह त खडा भएको छैन भन्दै प्रश्न गरेका छन् ।

धेरै जसो सपेराहरु सर्पबाटै टोकिएका छन्

पञ्चायत धराशायी हुनुमा त्यस समूहको ठूलो योगदान भएको बताउँदै नेता भुसालले एमाले पनि त्यस्तै समूहका कारण धराशायी हुने त होइन भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । उनले लेखेका छन्–‘ आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन? धेरै जसो सपेराहरु सर्पबाटै टोकिएका छन् । ’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);