परराष्ट्रमन्त्री ज्ञवाली मंसिर १ गते जापान जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

परराष्ट्रमन्त्री ज्ञवाली मंसिर १ गते जापान जाने

pradeep gyawali

काठमाडौं, २८ कात्तिक । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली जापान भ्रमणमा जाने भएका हुन् । परराष्ट्रमन्त्री ज्ञवाली समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि आगामी मंसिर १ गते शनिबार जापान जाने भएका हुन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । जापान नेपालको मुख्य दाता राष्ट्रमध्ये एक हो । मन्त्री ज्ञवालीले लगानीको थप वातावरण बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास पनि व्यक्त गरे । जापानले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ ।

मंसिर १ गतेदेखि ५ गतेसम्म जापानको भ्रमणपछि मन्त्री ज्ञवाली स्वदेश फर्कने क्रममा थाईल्यान्डमा रहेका प्रवासी नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);