अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ बुधवारबाट लुम्बिनीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ बुधवारबाट लुम्बिनीमा सुरु

शम्भु माली, कपिलवस्तु

काठमाडौं, २८ कात्तिक । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) बुधवारबाट लुम्बिनीमा सुरु भएको छ । त्रिपिटिक च्यान्टिङ पाठमा भाग लिन १८ देशका सयौं भिक्षु गुरुहरु अहिले लुम्बिनीमा भेला भएका छन् ।

लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) सुरु भएको छ । ४५ वर्षसम्म भगवान बुद्धले पाप्त गरेको बचनको सम्झना स्वरुप त्रिपिटक च्यान्टिङ (पाठ) बुधवारबाट लुम्बिनीमा सुरु भएको हो ।

पाठको पहिलो दिन पवित्र ग्रन्थ त्रिपिटकलाई विषेश रुपले सिंगारेर मायादेवी मन्दिर परिक्रमा गराइएको छ । त्यसपछि भिुक्षुहरुले सामाहिक रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्तिक २८ देखि ३० गतेसम्म चल्ने कार्यक्रममा सहभागी हुन चीन, भारत, भियतनाम, कोरिया लगायतका १८ देशका भिक्षु भिक्षुणी सहभागी छन् । लुम्बिनीको पवित्रता र महिमा उजागर गरि शान्ति र भातृत्वको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम फलदायी हुने नेपाल भिक्षु महासंघ, लुम्बिनीले जनाएको छ ।

यस अघि यो कार्यक्रम भारतमा भएको थियो । नेपालमा पहिलो पटक आयोजना गरिएको यो अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) ले लुम्बिनीमा पर्यटकको संख्या वढ्नुको साथै राष्ट्रको लागि पनि गौरबको विषय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);