लुम्बिनीमा कोरोना माहामारी अन्त्यको कामना गर्दै बुद्ध जयन्ती मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

लुम्बिनीमा कोरोना माहामारी अन्त्यको कामना गर्दै बुद्ध जयन्ती मनाइयो

शम्भु माली,
कपिलवस्तु । कपिलवस्तुमा कोरोना माहामारी अन्त्यको कामना गर्दै २५६५ औं बुद्ध जयन्ती मनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले कोरोना माहामारीबाट छुटकारा पाउन रतन सुत्र पाठ गरेका थिए ।

नेपालसँगै विश्वले नै कोरोना भाइरस संक्रमणबाट ‘मुक्ति पाओस’ भन्दै कामना गरिएको थियो । जसका लागि करिब ३० जनाभिक्षु, भिक्षुणी, लामागुरु र गुरुमाले प्रार्थना गरेका थिए ।

उक्तकार्यमा उपस्थित सबैले स्वास्थ्य मापदण्ड पालना गरेका थिए । कार्यक्रममा थेरबादी र महायानी परम्परा अनुसार मंगलकामना गरिएको थियो । त्यसपछि रतन सुत्र पाठ गरिएको छे । भिक्षु महासंघका अध्यक्षभिक्षु मैत्री महास्थवीरले शिलप्रदान गरेका थिए ।

त्यस्तै, कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देश भिडियो मार्फत देखाइएको थियो । पर्यटन मन्त्री भानुभक्त ढकालले पठाएका शुभकामना सन्देश लुम्बिनी विकास कोष सदस्य सचिब सानुराज शाक्यले पढेर सुनाएका थिए ।

अस्तव्यस्त संसारले छिटै संक्रमणबाट मुक्ति पाओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रतन सुत्र पाठ गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महास्थवीरले बताए ।

कार्यक्रममा उपस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुद्धका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेकाले यसलाई अनुसशरण गरेर मानव कल्याण र विश्व शान्तिका लागि उपायोग गर्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);