लुम्बिनीमा बुधबारबाट सुरु भएको त्रिपिटक वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लुम्बिनीमा बुधबारबाट सुरु भएको त्रिपिटक वाचन सम्पन्न

tripitak bachan

शम्भु माली
कपिलबस्तु, १ मंसिर
। नेपालमा पहिलो पटक गत बुधबारबाट लुम्बिनीमा सुरु भएको त्रिपिटक पाठ सम्पन्न भएको छ । अगामी तीन वर्ष बुद्ध जन्मभूमि लुम्बिनीमै गर्ने निर्णय संगै शुक्रवार बुद्ध बचनहरुको सँगालो त्रिपिटक पाठको समापन गरिएको हो । त्रिपिटक वाचनपछि मायादेवी मन्दिरको वरिपरि मैनबत्तीसहितको शान्ति पदयात्रा तथा दीप प्रज्वलन गरेर पाठको समापन गरिएको हो ।

त्रिपिटको पहिलो दिन थाइ भिक्षुहरुको नेतृत्वमा पाठ सुरु भएको थियो, भोजन पछि नेपाली भिक्षुहरुको नेतृत्वमा शत्र सुरु भएको थियो । त्यसपछि क्रमशः बर्मा, श्रीलंका र क्याम्बोडियाका भिक्षुहरुको नेतृत्वमा पाठ भयो ।

दोश्रो दिनको सत्रको नेतृत्व महायनी अथवा हिमाली लामा भिक्षुहरुले गर्नुभएको थियो । यसपछि चीनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वमा शत्र चल्यो र तेश्रोदिनमा थाइ भन्तेहरुको नेतृत्वमा पाठ सुरु भई नेपाली आनागारिकाहरु र आनीहरुले पाठको नेतृत्व लिएका थिए ।

तीन दिनको त्रिपिटक वाचनले लुम्बिनीको महिमा अन्तर्राष्ट्रिय रुपमै थप उचाइमा पुगेको र यसबाट पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास लिएको आयोजकको भनाई छ ।

लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र थाइ बौद्ध विहारको संयुक्त आयोजनामा त्रिपिटक पाठ नेपालमा पहिलो पटक आयोजना गरिएको हो । त्रिपिटक पाठमा १८ देशका ७ सय भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिकाको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);