निर्मलाको हत्यारा पत्ता नलागेको भन्दै डडेल्धुरामा एक घण्टा चक्का जाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निर्मलाको हत्यारा पत्ता नलागेको भन्दै डडेल्धुरामा एक घण्टा चक्का जाम

dadheldhura andolan

डडेल्धुरा, २८ कात्तिक । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको चार महिना पुग्न लाग्दा सम्म दोषी पत्ता नलागेको भन्दै डडेल्धुरामा पुनः आन्दोलन सुरु भएको छ । निर्मला पन्तको हत्याराको पहिचान नगरी नेपाल सरकारले झुक्काउने काम मात्रै गरेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले बुधबार एक घण्टा चक्का जाम गरेको थियो ।

पहिलो चरणमा एक घण्टा चक्का जाम गरेको भएता पनि नेपाल सरकारले वास्तविक दोषी पत्ता नलगाए आन्दोलनलाई थप शसक्त बनाउने नेविसंघ डडेल्धुराले जनाएको छ ।

आन्दोलनका कारण डडेल्धुरामा एक घण्टा सम्म चक्का जाम हुँदा डडेल्धुरा भित्र संचालन हुने र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला वैतडी, वझाङ, दार्चुला जिल्ला जाने सयौं यातायातका सवारी साधन रोकिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);