सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गरिने

pradip gyawali

काठमाडौं, १३ चैत । सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाई छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको बताए । उनले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);