जनताका लागि वर्तमान सरकार अन्तिम आशा : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जनताका लागि वर्तमान सरकार अन्तिम आशा : प्रम ओली

काठमाडौं १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको भरोसालाई तल माथी पर्न नदिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘जनताको लागि यो सरकार अन्तिम आशा हो । जनताको यो आशालाई तलमाथी पर्न दिइँदैन’ प्रधानमन्त्री ओलीले भने ‘हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताए । उनले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठुलो अन्याय गरेको बताए ।

‘असाधरण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं’ प्रधानमन्त्री ओलीले भने ‘ति बच्चाहरु फेल होइन सरकार, शिक्षक, विद्यालय, पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।’ बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताए । शिक्षकहरुलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरे । अस्थायी शिक्षकका समस्या समाधान गर्न पनि सरकार गम्भिर भएकोे प्रधानमन्त्री ओलीको भनाइ छ ।

पढाउन नजान्ने शिक्षक राखेर हुँदैन प्रधानमन्त्री ओलीले भने ‘सबै शिक्षकहरुले आफूले पढाउने बिषयमा दक्षता हासिल गर्नुहोस् । बिषय बस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?’ प्रधानमन्त्री ओलीले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);