प्रदेश २ मा बलात्कार न्यूनिकरण गर्न तीन महिने अभियान सन्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश २ मा बलात्कार न्यूनिकरण गर्न तीन महिने अभियान सन्चालन

rape-awareness

बटुकनाथ झा
जनकपुर, २८ चैत
। प्रदेश नम्बर २ का जिल्लामा पछिल्लो समय बलात्कारका घटना बढेको छ । धनुषामा मात्रै चालु आर्थिक बर्षको अहिलेसम्म ९ वटा बलात्कारको घटना भएपछि जिल्ला प्रहरी कार्यालयले घटनालाई न्यूनिकरण गर्न तीन महिने अभियान चलाएको छ । अधिकारकर्मीहरुले बलात्कारका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् ।

धनुषा लगायत प्रदेश नम्बर २ का जिल्लामा बलात्कारका घटना बढेपछि प्रहरीले घटनालाई न्यूनिकरण गर्न अभियान चलाएको छ । धनुषामा चालु आर्थिक बर्षको अहिलेसम्म ९ वटा बलात्कारका घटना भएपछि न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अभियान चलाएको हो । धनुषामा दुई सात अघि १४ बर्षिय बालिकाको बलात्कार भएको घटना सेलाउन नपाउँदै पुन ५ बर्षिय बालिकमाथी बलात्कार भएपछि प्रहरीले कानूनी उपचारको लागि अभियान चलाएको हो ।

प्रदेश २ को सरकारले बलात्कारका घटानाको दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । बलात्कारका घटना लुकाउने र गाउँमै मिलाउने गरेकाले बलात्कारीको मनोवल उच्च भएकाले प्रदेश सरकारले अब दोषीलाई हदैसम्मको कारबाही गर्ने स्पष्ट पारेको छ ।

बलात्कारका घटनाहरु मध्ये अधिकांश १५ देखि २५ वर्ष सम्मका युवाहरुबाट हुने गरेको पाइएको छ । ग्रामिण क्षेत्रमा शौचालय नहुँदा शौचका लागि गएका किशोरीमाथी बलात्कार हुने गरेको प्रहरीको भनाई छ ।अधिकारकर्मीहरुले बलात्कारका घटनाको दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);