बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

rape

काठमाडौं, २८ फागुन । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन् ।

गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएका छन् । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८, कात्तिकमा १८७, मंसिरमा १५३ र पुसमा १६६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै महिलामाथि हुने हिंसाविरुद्ध सरकार तथा अन्य निकायबाट अभियान चलिरहेको छ । तर, त्यसयता घटना झन्–झन् बढेका छन् ।

समग्र मुद्दामा सुधार

फौजदारी मुद्दामा अदालतबाट कसुर ठहर गत वर्षको तुलनामा सुधार भएको छ । महान्यायाधिवक्ताको कार्यालयअनुसार गत वर्ष ७१।५९ प्रतिशत मुद्दामा अदालतबाट कसुर ठहर भएको छ ।

गत वर्षको तुलनामा फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिलको सफलता बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६९।९७ प्रतिशत थियो । आर्थिक वर्ष ०७२र७३ मा भने ७४।५७ प्रतिशत पुगेको थियो । जसको तुलनामा पछिल्लो दुई वर्षमा सफलता घटेको छ । महान्यायाधिवक्ता कार्यालयले गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो, जसमा अपेक्षित रूपमा फौजदारी मुद्दामा सफलता प्राप्त गर्न नसकिएको उल्लेख छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);