दैनिक औसत छवटा बलात्कारका घटना ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दैनिक औसत छवटा बलात्कारका घटना !

rape

काठमाडौं, १६ मंसिर । बलात्कार, महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज नागरिकस्तरबाट उठिरहँदा बलात्कारका घटनाको ‘ग्राफ’ थप वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्रहरीको रेकर्ड देखिएको छ । बलात्कारसँगै जबर्जस्ती करणी उद्योग, अप्राकृतिक मैथुन लगायतका घटना पनि अगाडि बढेका छन् ।

संघीय संसद्को महिला तथा समाजिक समितिमा गृह मन्त्रालयले पेस गरेको लिखित प्रतिउत्तर अनुसार चालु वर्षको पहिलो तीन महिनामा ५९० वटा बलात्कारका घटना दर्ता भएका छन् । साउन, भदौ र असोज महिनामा दर्ता भएका यी घटनामा संलग्न ६९७ जना रहेका छन् । जसमा ५६१ जना पक्राउ परेका छन् । घटनामा संलग्नमध्ये १३६ जना फरार छन् । प्राप्त उजुरीमा फछ्र्यौट २३२ छन् । ३५८ उजुरी बाँकी छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन र महिलामाथि भइरहेका अन्य घटनाबारे समितिले गृह मन्त्रालयसँग जवाफ माग गरेको थियो । समितिको निर्देशन अनुसार गृहले निर्मला हत्याको अनुसन्धान र अन्य घटनाबारे समितिलाई लिखित जानकारी दिएको हो । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);