नेपालभर अपराधका घटनामा ९० प्रतिशत कमी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालभर अपराधका घटनामा ९० प्रतिशत कमी

mahila hinsa

पुष्पा पोखरेल

काठमाडौं, २३ वैशाख । लकडाउन अवधिमा नेपालभर समग्र अपराधका घटनामा ९० प्रतिशत कमी आएको छ  । तर, यस अवधिमा महिला र बालबालिका भने घरआसपासमै असुरक्षित हुन थालेका छन  । लकडाउनको पहिलो दिन ११ चैतदेखि अहिलेसम्म ७६ वटा बलात्कार तथा १० वटा बलात्कार प्रयासका घटना भएको प्रहरीको तथ्यांक छ । लकडाउनको समयमा जबर्जस्ती करणी र घरेलु हिंसाका घटना प्रहरीमा धेरै दर्ता भएका छन् ।

कोरोनाको महामारी रोक्न विश्वका प्राय सबै मुलकले ‘लकडाउन’ गरेका छन् । नागरिकहरूको स्वास्थ्य र सुरक्षाका लागि गरिएको लकडाउनका समयमा अप्रत्याशित रूपले बढेका घरेलु हिंसाका घटनाले धेरैको ध्यानाकर्षण गरेको छ । नेपालमा यो अवधिमा प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ मा १६–१६ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । प्रदेश २ मा १२, सुदूरपश्चिममा १०, कर्णालीमा ९ र गण्डकी प्रदेशमा ६ वटा घटना दर्ता भएका छन्  । यो अवधिमा काठमाडौं उपत्यकामा मात्रै पाँचवटा घटना भएका छन । लकडाउन अघिको अवस्थामा बलात्कारका घटना औसतमा दैनिक ६ वटा हुन्थे । तर कर्णाली प्रदेशमा भने यस्तो कुनैपनि घटना देखिएको छैन ।

अहिले महिला र बालबालिका हिंसाको जोखिममा परेका छन । अन्य अपराध ९० प्रतिशत घट्दा बलात्कारका घटना भने आधा मात्रै घटेको छ । प्रहरीको तथ्यांक अनुसार लकडाउनको अवधिमा औसतमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना भएका छन् । जसमा धेरै बालिका छन । धेरैजसो बलात्कारका घटना आफन्त तथा छिमेकीबाट भएको प्रहरीले जनाएको छ । लकडाउनको समयमा परिक्षणका लागि क्वारेन्टाइनमा राखिएका महिलामाथि क्वारेन्टाइन भित्रै हिंसा हुने गरेको पनि पाइएको छ । तर नुवाकोटमा भने त्यस्तो पाइएको छैन ।

इटालीकी एकजना महिलाले घर बस्दा अफिसको काम गरे भन्दैगर्दा उनका प्रेमीले पिटेको खबर पढ्दा लाग्यो— देश फरक, महिला फरक, समाज फरक र तर हिंसा खप्ने महिलाको जमात अकल्पनीय रूपले ठूलो छ । साधारणत परिवारभित्र जो बलियो हुन्छ, घरको व्यवस्था उसको निर्णयले चल्छ र हिंसा हुने सम्भावना पनि उसैबाट हुन्छ । शिक्षा,विज्ञान तथा प्रविधिको प्रयोगसगै धेरै कुरामा परिवर्तन आयो । तर आम मानिसको महिलालाई हेर्ने मनोविज्ञानमा परिवर्तन नआउदासम्म महिला हिसांका घटनामा कमि आउन सक्दैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);