बाग्लुङमा आत्महत्या गर्नेको संख्या ३५ प्रतिशतले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाग्लुङमा आत्महत्या गर्नेको संख्या ३५ प्रतिशतले बढ्याे

sucide

बागलुङ, १२ साउन । बन्दाबन्दीकाे अवधिमा जिल्ला प्रहरी कार्यालय बाग्लुङ दर्ता भएका मुद्दाहरू मध्ये आत्महत्याका घटना धेरै देखिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आत्महत्या गर्नेको संख्या ३५ प्रतिशतले बढेको प्रहरी तथ्यांकमा उल्लेख छ ।  बन्दाबन्दीमा व्यापार रोजगारी ठप्प भएपछि आर्थिक दबाबले आत्महत्याको तथ्यांक बढेको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ झुण्डिएर ज्यान गुमाउनेको संख्या ४२, विष सेवनगरी ज्यान गुमाउनेको संख्या ४ र आत्महत्या दुरुत्साहनका ४ घटना दर्ता भएका छन् । जसमध्ये कोरोना भाईरसको संक्रमणका कारण लामो समयसम्म गरिएको बन्दाबन्दीको अवधिमा बढी आत्महत्याका घटना भएको प्रहरीले जनाएको छ ।

जिल्लामा बलात्कारका घटना बढेको देखिएको छ । तर, बलात्कारबाट पीडित न्याय पाउनबाट बन्चित हुने गरेका छन् । प्रहरीमा मुद्दा दर्ता भएपनि बाहिर बार्गेनिङ गर्ने र पैसाको लेनदेन मिले बयान नै फितलो बनाउने गरेको तथ्यांकले देखाएको छ ।

गत वर्ष जबरजस्तीकरणीका १३, लागु औषध सम्बन्धी ११, कर्तव्य ज्यान मुद्दा ४ र भवितव्य ज्यान मुद्दा १५, फुटकर ज्यान ३ र सवारी ज्यान सम्बन्धी ६ वटा मुद्धा प्रहरी कार्यालयमा दर्ता भएका छन् । मान्छेकाे जीवन प्रतिको आशा र महत्वाकांक्षी आकांक्षाको कारण तथा प्रविधिको विकासको गलत प्रयोगले अत्महत्याका घटना बढेका हुन् ।

आत्महत्या कुनै रोग नभएर विभिन्न समस्या र परिस्थितिका कारण सिर्जना हुने एउटा अवस्था हो । जसमा मानिसले आफैले आफैलाई हत्या गर्छ वा घात गर्छन् । यस्ता परिस्थितिहरु आउनुको कारण धेरै छन् । खासगरी आत्महत्या गर्नेहरू आर्थिक संकट वा गरिबी, पारिवारिक बेमेल, असफल प्रेम जस्ता कारणहरु देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);