हरेक दिन २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक, आखिर किन बढ्दैछ आत्महत्याका घटना ? | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

हरेक दिन २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक, आखिर किन बढ्दैछ आत्महत्याका घटना ?

दिपा न्यौपाने, काठमाडौं ।  नेपालमा आत्महत्याका घटना तिव्र रुपमा फैलिदै गईरहेको छ । मानसिक स्वास्थ्य, आर्थिक तनाव, र सामाजिक चुनौतीसंग जोडिएको यो समस्या अहिले गम्भिर जनस्वास्थ्यको बिषय बनेको छ ।

तथ्यांक हेर्दा हरेक दिन लगभग २० जनाले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर प्रत्येक वर्ष ७ लाखभन्दा बढीले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन । नेपालमा हरेक बर्ष लगभग ६ देखि ७ हजारले आत्महत्याका कारण ज्यान गुमाई रहेका छन । जसमा ६ सय भन्दा बढी बालबालिका हुने गरेका छन् । आत्महत्या गर्नेमा १६ देखि ४० बर्ष उमेरका व्यक्तिहरु बढी रहेको छ ।आत्महत्याको घटना विश्वमै चिन्ताको बिषय बनेको छ । तथ्यांक अनुसार सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान हो भने भारत र नेपालमा पनि यसको संख्या अत्याधिक छ । आत्महत्या गर्नेमा बच्चा, युवादेखि लिएर वृद्धवृद्धासम्म छन्। । नेपालकै ५ बर्षको तथ्यांक हेर्दा प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने गरेका छन । जसमा महिला भन्दा पुरुष बढि छन् ।

भरखरै २५ बर्षका युवा गणेश नेपालीले पेट्रोल छर्किएर आत्मदाह गरे । त्यस्तै बुद्धनगरका ४५ बर्षिय आश्विन राउतले पनि पेट्रोल छर्किएर शरिमा आगो लगाए । सर्लाहीका २५ बर्षिय विवेक मण्डलले पनि प्रेट्रोल छर्किएर नै आत्मदाह गरे । यी घटनाले आत्महत्यामाथिको बहस फेरि सुरु भएको छ । नेपालमा ८५ प्रतिशतले झुन्डिएर आत्महत्या गर्ने तथ्यांकले देखाएको छ । यी सबै घटनामा आर्थिक अवस्थानै पहिलो कारण रहेको पाइन्छ ।

बिशेष गरी गरिबी, बेरोजगारी र आर्थिक संकटका कारण डिप्रेसन र तनाव बाहेक पढाईमा असफलता, प्रेममा धोका, पारिवारिक कलह तथा बढ्दो एक्लोपनका कारण पनि धेरै युवाहरुले यो बाटो रोजेको देखिन्छ । नेपालको राजनितिक अवस्था, आर्थिक मन्दी, व्यापारमा घाटा, घरेलु हिंसा, अनैतिक सम्बन्ध , सामाजिक व्यवहार लगायतका विभिन्न कारण पनि आत्महत्याको घटना बढ्ने माध्यम बनेको छ ।

एक्लै बस्न मन पराउने, सानो सानो कुरामा रिसाउने, झर्किने जस्ता संकेतहरु देखिएमा परिवार वा आफन्त साथीभाईहरुले ध्यान दिनु पर्ने हुन्छ । यस्ता लक्षण देखिएमा विशेषज्ञ मनोचिकित्सक तथा मनोपरामर्शदाताहरूबाट तत्काल परामर्श सेवा पाउन सकिन्छ ।

Leave a Reply

ताजा समाचार