अछाममा आत्महत्याका घटनामा बृद्धि, गरिबी र घरायसी झगडा प्रमुख कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अछाममा आत्महत्याका घटनामा बृद्धि, गरिबी र घरायसी झगडा प्रमुख कारण

acham

सुशील भण्डारी
अछाम, ४ बैशाख
। अछाममा आत्महत्याका घटना बढेको छ । गरिबी र घरायसी झगडाका कारण आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । आत्महत्या न्यूनिकरण गर्न प्रहरीले जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ ।

अछाममा २०७२ सालदेखि अहिलेसम्म ५४ जनाले आत्महात्या गरेका छन् । आर्थिक बर्ष २०७२-०७३ मा १९ जना, २०७३-०७४ मा २२ जना र २०७४-७५ मा १३ जनाले आत्महत्या गरेका छन । गरिबी र घरयासी झगडाका कारण आत्महत्या गर्नेको संख्या बढेको पाइएको छ । आत्महत्याको न्यूनिकरण गर्न प्रहरीले जनचेतना मूलक कार्यक्रम संचालन सुरु गरेको छ ।

आत्महतया गर्नेमा पुरुषको भन्दा महिलाको संख्या धेरै रहेको छ । आर्थिक अभाव, नेतृत्व तहमा पहुँच नभएकाले महिलाले आत्महत्या गर्ने गरेको सारोकारवाला बताउछन् । महिला हिंसालाई न्यूनिकरण गर्न विभिन्न समूह पनि गठन गरिएको छ ।

आत्महत्या न्यूनिकरण गर्न जनचेतना मूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै आत्महत्या गर्न खोज्नेमा सकारात्मक सोचको विकास गराउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);