महोत्तरीमा आत्महत्या  गर्नेको संख्या बढ्दै, ३ महिनाभित्र १८ जनाले ज्यान गुमाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महोत्तरीमा आत्महत्या  गर्नेको संख्या बढ्दै, ३ महिनाभित्र १८ जनाले ज्यान गुमाए

atmahatya

महोत्तरी । महोत्तरीमा आत्महत्या गर्ने महिला, पुरुषको संख्या अत्यधिक बढेको छ । पछिल्लो ३ महिना यतामात्र महोत्तरीमा आत्महत्या गरेर १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आत्महत्या गर्नेहरूमा ८ महिला र ८ जना पुरुष छन् । १८ जनामध्ये २ जना बालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आत्महत्याको क्रम बढेसँगै महोत्तरीमा यसको कारण खोजीको विषय वनेको छ । पहिलेको  तुलनामा झन-झन आत्महत्या बढ्न थालेपछि यसको कारणबारे महोत्तरीमा समाजसास्त्रीहरूबीच बहस नै सुरु भएको छ ।

कतिपय समाजसास्त्रीहरुले  आत्महत्यालाइ गरिवी, बेरोजगारसँग जोडेका छन भने कतिपयले आतमहत्या दुरुत्साहनलाइ  व्याख्या गरेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा मात्र यो ३ महिनाको अवधीमा ४ वटा मुद्दा परेका छन् । केही बर्षअघीसम्म महोत्तरीमा आत्महत्याको फरक स्वरुप थियो ।

‘धेरैजसोले पारिवारिक झै-झगडा, दाइजो नल्याएको आरोपमा आत्महत्या गर्न बाध्य बनाइने गरिन्थ्यो  । त्यसमा पनि आत्महत्यामा महिलाहरु अधिक हुन्थे,’ गौशालाका रामपुकार बताउछन । तर आजभोली महिला, पुरुष बराबरी संख्यामा आत्महत्या गर्ने गरेको पाइएको छ ।  यो ३ महिना अवधीको आत्महत्याको तथ्यांकलाई हेर्ने हो भने पनि बराबरी नै छ ।

कहिले महिला पुरुषबाट पीडित त कहिले पुरुष महिलावाट पिडित हुनुपनी आत्महत्याको कारक बन्ने गरेको प्रहरीको भनाइ छ । आत्महत्यालाइ न्यूनीकरण गर्न स्थानिय सरकारको भूमिकासमेत दरिलो हुनुपर्ने विज्ञहरू बताउँछन् । गरिबी कारणले पनि आत्महत्या बढीरहेको विभिन्न तथ्यहरूले पुष्टि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);